लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

आइतबार, ४ आषाढ, २०७४ मा प्रकाशित, 6861 पटक हेरिएको

काठमाडौं, असार ४ । इङ्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वीहरु भारत र पाकिस्तान भिड्दै छन् ।

सेमिफाइनलमा आयोजक इङ्ल्याण्डलाई पराजित गर्दै पाकिस्तान तथा बंगलादेशलाई हराउँदै भारत फाइनलमा पुगेको हो ।

प्रतियोगिताको एउटै समूहमा रहेका दुई टिम फाइनलमा भिड्न लागेका हुन् ।

समूह चरणमा भारतले पाकिस्तानलाई १ सय २४ रनको फराकिलो अन्तरमा हराएको थियो ।

त्यसपछि भने पाकिस्तानले निकै सुधारिएको प्रदर्शन गरिरहेको छ । दुबै टोलीले एक–एक खेल हारेका छन् भने तीन/तीन वटा खेल जितेका छन् ।

भारतसँग हारेको पाकिस्तानले श्रीलंका, दक्षिण अफ्रिका र इङ्ल्यान्डलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

उता भारतले पनि पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेशलाई हराउँदा श्रीलंकासँग पराजित भएको थियो ।

एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी विश्वकपको तथ्यांक हेर्ने हो भने पाकिस्तानमाथि भारत हावी हुँदै आएको छ ।

तर समग्र एक दिवसिय क्रिकेट खेलमा भने पाकिस्तानको रेकर्ड राम्रो छ ।

च्याम्पियन्स ट्रफीको आठौं संस्करणको फाइनलमा आज भिड्दा साविक विजेता भारत तेस्रो पटक उपाधि जित्ने अभियानमा छ भने पाकिस्तान पहिलो उपाधिको खोजीमा रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework