लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

फिफा कन्फेडेरेसन कपमा चिलीले क्यामरुनलाई २-० ले हरायो

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 1513 पटक हेरिएको

काठमाडौं, असार ५ । फिफा कन्फेडेरेसन कप फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा चिलीले क्यामरुनलाई २-० ले हराएको छ ।

अफ्रिकी च्याम्पियन क्यामरुन विरुद्धको खेलमा ल्याटिन अमेरिकी च्याम्पियन चिलीलाई विजयी गराउन अर्टुरो भिडाल र एडुवार्डो भार्गासले एक–एक गोल गरे ।

आइतबार राति भएको अर्को खेलमा युरोपियन च्याम्पियन पोर्चुगल र उत्तर अमेरिका तथा क्यारेबीयन समुहको च्याम्पियन मेक्सिकोले २-२ गोलको बराबरी खेलेका छन् ।

खेलमा २ पटक अग्रता लिएको पोर्चुगलले सम्हालिएर खेल्न नसक्दा अंक बाँड्नुपरेको हो ।

पोर्चुगलका लागि रिकार्डो करेज्मा र सेड्रिक सोआरेसले गोल गरेको खेलमा मेक्सिकोका हेभिएर हर्नान्डेज र हेक्टर मोरेनोले एक–एक गोल गर्दै बराबरी गरेका हुन् ।

कन्फेडेरेशन कप फुटबलमा आज एसियाली च्याम्पियन अष्ट्रेलियाले विश्व विजेता जर्मनीसँग खेल्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework