लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्वकप छनोट क्रिकेटमा नेपालले आयोजक सिंगापुरसँग खेल्दै

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 5613 पटक हेरिएको

काठमाडौं, साउन २ । सिंगापुरमा आजदेखि सुरु हुने १९ वर्षमुनीको विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरसँग खेल्दैछ ।

सन्दीप लामिछानेको कप्तानीमा सिंगापुर गएको नेपाली टोलीले तीन सातासम्म भारतमा अभ्यास गरेको थियो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दास टोलीले सुखद सुरुवात गर्नेमा विश्वस्त छन् ।

नेपाल, सिंगापुर, अफगानिस्तान र मलेसिया गरी चार टिम सम्मिलित एसियाको छनोटमा सबै टिमले आपसमा दुई-दुई खेल खेल्नेछन् । विजेताले विश्वकपमा ठाउँ बनाउने छ ।

नेपाल र सिंगापुरबीचको खेल सिंगापुर क्रिकेट क्लब पदाङमा अहिले बिहान सवा ७ बजेदेखि सुरु भएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework