लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अविवाहित फुटबलर रोनाल्डो एकै वर्षमा बने तीन सन्तानको पिता !

सोमबार, २७ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २७ । अहिलेसम्म अविवाहित रहेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक वर्षमै तीन सन्तानको पिता बनेका छन् ।

रियल मड्रिड क्लबका ३२ वर्षीय स्टार फुटबलर रोनाल्डोको २२ वर्षीय गलफ्रेन्ड गर्जिना रोड्रिग्जले आइतबार छोरीलाई जन्म दिएपछि उनी एक वर्षमै तीन सन्तानका पिता बनेका हुन् ।

उनले आफ्नो छोरीका नाम एलेना मार्टिना राखेका छन् ।

अहिलेसम्म उनी चार सन्तानका पिता बनिसकेका छन् । सन् २०१० जुलाईमा 'सेरोगेसी' आमाको मद्धतबाट एक छोरा जन्माइसकेका छन् । उनले आफ्नो छोराको नाम क्रिस्टियानो रोनाल्डो जुनियर राखेका छन् ।

त्यस्तै, यसैवर्षको सुरुतिर अमेरिकन सेरोगेसी आमाकै मद्धतबाट उनी जुम्ल्याहा छोरीका पिता बनेका थिए । जुम्ल्याह दुई छोरीको नाम इभा र मटेओ राखेका छन् ।

गत आइतबार सात वर्षीय छोरा क्रिस्टियानो रोनाल्डो जुनियरसँगै आफ्नो परिवारको नयाँ सदस्य छोरी र गलफ्रेन्ड रोड्रिग्जलाई भेट्न अस्पताल नै पुगेका थिए । उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘एलेना मार्टिना भर्खरै जन्मेकी छन्, दुबैजना एलेना र गर्जिना खेलिरहेका छन् , हामी सबैजना धेरै खुशी छौँ ।’

सेरोगेसी' आमाको मद्धतबाट एक छोरा, दुई छोरी र गलफ्रेन्ड रोड्रिग्जले जन्माएकी एक छोरीसहित उनी चार सन्तानका पिता बनेका हुन् ।

पोर्चुगलको महान् फुटबल खेलाडीको रुपमा चिनिएका उनी यसै वर्ष फिफाको सर्वक्षेष्ठ खेलाडीसमेत बन्न सफल भएका थिए । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework