लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

म्यान्चेस्टर युनाईटेड, बार्सीलोना, युभेन्टस र बायर्न म्युनिख विजयी

बुधबार, २० मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर २० । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराती भएका खेलहरुमा म्यान्चेस्टर युनाईटेड, बार्सीलोना, युभेन्टस र बायर्न म्युनिख विजयी भएका छन् ।

समुह ए को खेलमा इंग्लीश क्लव म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए. मस्कोलाई २-१ ले हराँउदा स्विट्जरल्याण्डको एफ.सी बाजलले पोर्चुगलको बेनिफिकालाई २-० ले हरायो ।

यसैगरी समुह बी का खेलहरुमा जर्मनीको बायर्न म्युनिखले फ्रान्सको पेरिस सेन्ट जर्मेनलाई ३-१ ले हराँउदा बेल्जियमको एन्डरलेच्टले स्कटल्याण्डको सेल्टीकलाई १-० ले पराजित गर्‍यो ।

समुह सि का खेलहरुमा ईटालीको ए.एस रोमाले अजरबैजानको काराबागलाई १-० ले हराउँदा इंग्ल्याण्डको चेल्सी र स्पेनको एथ्लेटिको मड्रिडले १-१ गोलको बराबरी खेले ।

यसैगरी समुह डि का खेलहरुमा स्पनेको बार्सीलोनाले पोर्चुगलको स्पोर्टिङलाई २-० ले हराउँदा ईटालीको युभेन्टसले ग्रिसको ओलम्पियाकोसमाथि २-० कै जित निकाल्यो ।

गएरातीका खेलहरुपछि च्याम्पियन्स लिगको समुह ए बाट म्यान्चेस्टर युनाईटेड र एफसी बाजल, बी बाट पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिख, सि बाट ए.एस रोमा र चेल्सी तथा समुह डी बाट बार्सीलोना र युभेन्टस नक आउट चरणमा प्रवेश गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework