लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

च्याम्पियन्स लिगमा १६ टोलीको टुंगो लाग्यो, लिभरपुलले गर्‍यो गोलको बर्षा

बिहीबार, २१ मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर २१ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा समूह चरणबाट माथि उक्लिने सबै १६ टोलीको टुंगो लागेको छ ।

गएरातिका खेलपछि नकआउट समीकरण पुरा भएको हो । गएराति भएका समूह चरणका अन्तिम खेलहरुमा इङ्ल्यान्डका लिभरपुल र टोटनह्याम हट्सपर विजयी हुँदा म्यान्चेस्टर सिटी भने पराजित भएको छ ।

लिभरपुलले रुसको स्पार्टा मस्कोलाई ७-० ले हराउँदा टोटनह्याम हट्सपरले साईप्रसको अपोईल निकोसियालाई ३-० ले पराजित गर्‍यो ।

यसअघि नै राउण्ड अफ सिक्सटिनमा पुगिसकेको म्यान्चेस्टर सिटी भने युक्रेनको शख्तरसँग २-१ ले पराजित भयो ।

राति भएका अन्य खेलमा स्पेनको रियाल मड्रिडले जर्मनीको बोरुसिया डर्टमण्डलाई ३-२ ले हराउँदा पोर्चुगलको एफ.सी पोर्टोले फ्रान्सको मोनाकोलाई ५-२ ले पराजित गर्‍यो ।

यसैगरी टर्कीको बेसिक्तासले जर्मनीको आर.बी. लेप्जीगलाई २-१ ले हराउँदा नेदरल्याण्ड्सको फेयनुर्डले इटालीको नापोलीमाथि २-१ कै जित निकाल्यो ।

गएरातिका खेलपछि च्याम्पियन्स लिग फुटबलको सबै ८ समूहका विजेता तथा उपविजेता टोलीको टुंगो लागेको छ ।

यस पटक विजेताको रुपमा म्यान्चेस्टर युनाईटेड, म्यान्चेस्टर सिटी, लिभरपूल, टोटनह्याम हट्सपर, बार्सीलोना, पेरिस सेन्ट जर्मेन, ए.एस रोमा र बेसिक्तास अन्तिम १६ मा पुगेका छन् ।

यसैगरी समुह उपविजेताको रुपमा चेल्सी, रियाल मड्रिड, बायर्न म्युनिख, युभेन्टस, सेभिया, शख्तर, एफ.सी बाजल र पोर्टो नक आउट चरणमा पुगेका छन् ।

च्याम्पियन्स लिग नक आउट चरणको खेल तालिका आगामि सोमवार निकालिंदैछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework