लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्पेनिश कोपा डेल रे फुटबलमा आज राति तीन खेल

बिहीबार, २७ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २७ । स्पेनिश कोपा डेल रे फुटबलमा आज राति तीन खेल हुँदैछन् । राति सवा १२ बजे सेभियाले घरेलु मैदानमा काडिजसंग खेल्दैछ ।

सोही समयमै लेभान्तेले स्पानियोलसंग खेल्दैछ । त्यसैगरी सवा २ बजे बार्सिलोनाले घरेलु मैदानमा सेल्टाभिगोसंग खेल्ने कार्यक्रम छ ।

प्रिक्वार्टरफाइनलका दोस्रो लेगका खेल भइरहेका हुन् । समग्रमा अग्रता लिने टिम क्वार्टरफाइनलमा पुग्नेछ ।

पहिलो लेगको खेलमा सेभिया २-० ले विजयी भएको थियो । त्यसैगरी लेभान्ते २-१ ले विजयी भएको थियो भने बार्सिलोनाले सेल्टाभिगोसंग १-१ को बराबरी खेलेको थियो ।

स्पेनिश लिग ला लिगा लिडर बार्सा दबाबमा रहेको छ ।

यसअघि गएरातिका खेलपछि रियाल मड्रिड, लेगनेस, अलाभेज, भ्यालेन्सिया र एथलेटिको मड्रिड क्वार्टरफाइनलमा पुगिसकेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework