लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजस्थानमाथि कोलकाताको सहज जित, ‘प्ले अफ’ समीकरण रोचक मोडमा

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ २ । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

काठमाडौं, जेठ २ । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

१ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर उक्त लक्ष्य पार गर्‍यो ।

लिग चरणको एक खेल मात्रै बाँकी रहँदा अंक तालिकाको तेस्रो स्थानमा रहेको कोलकाताको १४ अंक भएको छ ।

१२-१२ अंक जोडेका राजस्थान र पञ्जाब क्रमशः चौथो तथा पाँचौ स्थानमा रहेका छन् ।

शिर्ष दुई स्थानमा रहेका सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स यसअघि नैं प्ले अफ् चरणमा पुगिसकेका छन् ।

प्ले अफ्मा पुग्ने थप २ टोलीको टुंगो भने अन्तिम चरणका खेलहरुपछि लाग्ने भएको छ ।

हिजोको खेलमा कोलकाताविरुद्ध पहिले व्याटिङ गरेको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनायो ।

उसका लागि जोस बट्लरले सर्वाधिक ३९ रन बनाँउदा राहुल त्रिपाठीले २३७ रनको योगदान गरे ।

बलीङतर्फ कोलकाताका कुलदीप यादवले ४ तथा आन्द्रे रसेल र प्रसिद्ध कृष्णले समान २-२ विकेट लिए ।

जवाफमा १ सय ४३ रनको मध्यम चुनौती पार गर्नेक्रममा कोलकाताका कप्तान दीनेश कार्तिकले अविजित ४१ रन तथा सुरुवाती व्याट्सम्यान क्रिस लिनले ४५ रनको योगदान दिए ।

आईपिएल क्रिकेटमा आज राती मुम्बई इन्डियन्स र किङ्स ईलेभेन पञ्जाब बिभड्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework