लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

३.२ किलोमिटर लामो साडी लगाएर बिहे, बेहुलीलाई जेल सजाय हुन सक्ने !

मंगलबार, १० असोज, २०७४ मा प्रकाशित,

कोलम्बो, असोज १० । एक बेहुलीले ३.२ किलोमिटर लामो साडी लगाएर विवाह गरेको घटना प्रकाशमा आएसँगै सरोकारवालाहरुले कारवाहीका लागि आवाज उठाउन थालेका छन् ।

श्रीलंकाको केन्डीमा हालै भएको विवाह समारोहमा बेहुलीले ३ किलोमिटर २ सय मिटर लामो साडी लगाएकी थिइन् । यतिलामो साडी लगाउनु नै ‘अपराध’ नभए पनि बेहुलीको साडी सम्हाल्नका लागि दुई सय ५० सयभन्दा बढी छात्रा प्रयोग गरिएको घटनाप्रति भने आपत्ति जनाइएको छ ।

विवाह समारोहका क्रममा बेहुला र बेहुली सडकमा पैदलै हिँडेका थिए । विवाह समारोहमा त्यहाँका मुख्यमन्त्रीसमेत सहभागी भएको बताइएको छ ।

विवाहको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विरोध सुरु भएको हो । छात्राहरुलाई कुनै नीजि समारोहमा घण्टौं तैनाथ गर्नु अपराधको श्रेणीमा पर्ने अधिकारकर्मीहरुको तर्क छ ।

श्रीलंकाको राष्ट्रिय बाल संरक्षण प्राधिकरणले घटनाको बारेमा छानविन सुरु गरिएको जनाएको छ ।

अपराध प्रमाणित भएमा बेहुलीलाई १० वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework