लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

ओलीलाई भेटिनन् स्वराजले ? महरासँग पनि दुई पक्षीय छलफल गरिनन्

शनिबार, २८ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन २८ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्किएकी छन् ।

बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेसकेन्द्रित दलका नेताहरुसँग भेटवार्ता गरेर फिरेकी हुन् ।

कुटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष दलको नेता प्रायः छुट्दैनन् । अध्यक्ष ओलीले शुक्रबार पोखरामा कार्यक्रम रहेकाले आफू व्यस्त रहेको सन्देश दिएपछि भेटवार्ता नभएको कुटनीतिक स्रोतले बताएको छ ।

कार्यकारी प्रमुख र प्रमुख प्रतिपक्ष दलका नेतासँग भेटवार्तापछि मात्र सम्बन्धको यथार्थ र गहिराइमा पुग्ने हुनाले त्यो खालको भेट हुने परम्परा हुन्छ । तर, स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग पनि दुई पक्षीय छलफल गरिनन् । उनी महराकै निमन्त्रणामा नेपाल आएकी हुन् । - कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework