लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

सिरियाको राजधानी नजिकै सरकारी र विद्रोही सेनाबीच भीषण संघर्ष

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 6959 पटक हेरिएको

सिरिया, चैत ७ । सिरियाली सेना र विद्रोहीबीच भीषण संघर्ष भएको छ । सिरियाको राजधानी दमास्कसको बाहिरी क्षेत्रमा भीषण संघर्ष भएको हो ।

विद्रोहीले शहरलाई घेरा हालेर आक्रमण शुरु गरेपछि राष्ट्रपति बसर अल असदका सेनाले कडा प्रतिकार गरेका छन् । सरकारी सेनामाथि आक्रमण गर्ने क्रममा विद्रोहीले जोवार जिल्लामा दुईवटा आत्मघाती कार बम विस्फोट गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सरकारी सेनाले पनि हवाई हमला गरेको बताइएको छ । त्यस क्रममा कयौंको मृत्यु भएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।

सिरियामा पछिल्लो दुई वर्षदेखि विद्रोहीले कब्जामा लिएको क्षेत्र नियन्त्रण गर्न सेनाले प्रयास जारी राखेको छ । यसबीचमा पटकपटक संघर्ष हुँदै आएका छन् । (एजेन्सी)

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.