लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सिरियामा रासायनिक हतियार प्रयोग भएको पुष्टि

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 17176 पटक हेरिएको

सिरिया, वैशाख ७ । सिरियामा दुई हप्ताअघि भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको रासायनिक हतियार प्रयोग भएको अध्ययनले देखाएको छ ।

अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स (ओपिसिडब्लु)ले ८७ जना मारिने गरी भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको अर्को कुनै रासायनिक हतियार प्रयोग भएको प्रमाण भेटिएको जनाएको हो ।

आक्रमणमा परेका १० जनाबाट लिइएको नमूना विभिन्न चारवटा प्रयोगशालामा परीक्षण गरिएको हो । परीक्षणबाट रासायनिक हतियार प्रयोग भएको देखिएको ओपिसिडब्लुले जनाएको छ ।

राष्ट्रपति बशर अल असद सत्ताको विरोध गरिरहेकाहरुमाथि सिरियाली सेनाले रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको छ । तर सरकारले भने आरोप अस्वीकार गर्दै आएको छ ।

रासायनिक आक्रमणपछि अमेरिकाले सिरियाली सेनाको हवाई अड्डालाई लक्षित गरी मिसाइल आक्रमण नै गरेको थियो । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework