लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

पृथ्वीजयन्तीमा ‘पार्टीभन्दा माथि राष्ट्रवाद’ भन्दै युवाहरु सडकमा

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 10458 पटक हेरिएको

ओमकार आचार्य (इमेज): तनहुँ, पोखरा, पुस २७ । ‘राष्ट्रिय एकता दिवस’को अवसरमा बुधबार तनहुँको दमौलीमा शान्तिपूर्ण दबाब र्‍याली निकालिएको छ ।

तनहुँ युवा सञ्जालको अगुवाइमा ‘न कुनै जाति, न कुनै भेष, न कुनै पार्टी, गर्व गरौं नेपाली हुनुमा’ भन्दै र्‍याली निकालिएको हो । र्‍यालीमा स्वतस्फूर्तरुपमा सयौं युवाहरु सहभागी भएका थिए ।

‘पार्टीवादभन्दा माथि राष्ट्रवाद, अब देश बनाऊ, हाम्रो देश हाम्रै हातमा, समृद्ध नेपाल युवाको साथमा’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले दमौलीबजार परिक्रमा गरेका थिए ।

राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीको अवसरमा आयोजित शान्तिर्‍याली व्यास नगरपालिका १० स्थित अनशनचोकबाट सुरु भइ मुख्यचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने युवाहरुले पृथ्वीनारायण शाहले स–साना राज्यहरु मिलाएर एउटा विशाल देश जिम्मा लगाएर छाडेको भन्दै उनको योगदानको अवमूल्यन नगर्न राजनीतिक दलहरुलाई सुझाव दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework