लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

गाउँपालिकाको मोटरसाइकल ठेकेदारले कुदाएपछि...

शनिबार, २९ पुष, २०७४ मा प्रकाशित,

रविन भट्टराई (इमेज): ताप्लेजुङ, पुस २९ । ताप्लेजुङमा सार्वजनिक बिदामासमेत सरकारी सवारी–साधनको दुरुपयोग बढ्न थालेपछि ट्राफिक प्रहरीले त्यस्ता सवारी नियन्त्रणमा लिन थालेको छ ।

सरकारी सवारी बिनापास बिदामासमेत निजी प्रयोजन र अरुलाई नै कुदाउन दिन थालेपछि नियन्त्रणमा लिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्र्यालय ताप्लेजुङका इन्चार्ज टंक न्यौपानेले जानकारी दिए ।

शनिबार (आज) बिनापास फक्ताङ्लुङ गाउँपालिकाका वडासचिव पवनकुमार देवले प्रयोग गर्ने मे१ब ३१३ नम्बरको सरकारी मोटरसाइकल अर्कै व्यक्तिले प्रयोग गरिरहेको अवस्थामा भेटिएको इन्चार्ज न्यौपानेले बताए ।

सो सरकारी मोटरसाइकल जिल्ला नापी कार्यालयको भवन निर्माण गरिरहेका ठेकेदार दिवस लाबुङले चलाइरहेको अवस्थामा फेलापारिएको उनले जानकारी दिए ।

सो मोटरसाइकलको दुरुपयोग भइरहेको सूचना यसअघि पनि बारम्बार ट्राफिक प्रहरीमा आएको र शनिबार पनि दुरुपयोग भएको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो मोटरसाइकल जिल्ला प्रहरीमा बुझाएको इन्चार्ज टंक न्यौपानेले जानकारी दिए ।

ताप्लेजुङमा सार्वजनिक बिदामासमेत केही सरकारी सवारी सिक्नमा प्रयोग हुने, विवाह, मलामी र पिकनिकमासमेत प्रयोग गर्ने गरेको सूचना आफूहरुकोमा आएकाले त्यस्ता सवारीको निगरानी ट्राफिक प्रहरीले गरिरहेको उनले बताए ।

सरकारी सवारी सरकारी कामकाजका लागि सरकारी कार्यालय खुलेको समयमामात्र प्रयोग गर्न पाइन्छ । बिदाको समयमा सरकारी कामकै लागि चलाउनुपरे जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework