लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

शुरु भयो भर्चुअल क्लास, राजधानीमा शिक्षकले पढाउँदा गाउँकै विद्यालयबाट हेर्न सकिने

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित,

काठमाडौं, पुस २७ । एक दशक अघिसम्म शिक्षकले कक्षाकोठामा जे पढायो विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपर्थ्यो ।

गाउँ गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था छैन । शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थप खोज्न सक्छन् । यसमा विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले यस वर्षबाट प्रविधिमैत्री कक्षा सुरू गरेको छ ।

शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक जनशक्ति केन्द्रले ब्रोडब्याण्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्छन् ।

केन्द्रले आइतबारदेखि यस्तो ‘भर्चुअल कक्षा’ सुरू गरेको हो । सानोठिमीस्थित केन्द्रको कार्यालयको स्टुडियोमा शिक्षकले पढाएको पाठ गाउँका विद्यार्थीले हेर्ने व्यवस्था मिलाएको हो । –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework