लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

फेसबुकको नयाँ फिचर आउँदै, अब ‘भिडियो देखाउनुस्, पैसा कमाउनुस्’

बिहीबार, २६ साउन, २०७४ मा प्रकाशित, 18110 पटक हेरिएको

काठमाडौं, साउन २६ । फेसबुक प्रयोगकर्ताहरुले चाँडै नै नयाँ फिचर ‘वाच फेसबुक ट्याब’ अर्न्तगत ‘अनलाइन फेसबुक टेलिभिजन’ हेर्न र आफैँ चलाउन पाउने भएका छन् ।

मोबाइल र डेस्कटप दुबै भर्सनमा उपलब्ध हुने यस फिचरलाई अमेरिकामा रहेका केहि प्रयोगकर्ताहरुमाझ बिहीबार बेलुका(आज)बाट परिक्षणको रुपमा सार्वजनिक गरिने फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् । 

परम्परागत टेलिभिजन, युट्युब च्यानल, नेटफिक्स लगायत अन्य अनलाइन टेलिभिजन-शोलाई प्रतिस्पर्धा गर्ने उद्धेश्यले प्रयोगकर्तामाझ फेसबुकले यस्तो फिचर सार्वजनिक गर्न लागेको हो ।

ब्यक्तिगत रुपमा उपलब्ध गराइने नयाँ फिचरमा प्रयोगकर्ताहरुले विभिन्न ‘रेर्कडेट’ तथा प्रत्यक्ष टेलिभिजन कार्यक्रमहरुसमेत हेर्नसकिने छन् । साथै, प्रयोगकर्ताहरुले भिडियो तथा रोचक कार्यक्रमहरु निर्माण गरी प्रत्यक्ष तथा रेर्कड गरी अरुलाई देखाउन सकिने छ । यसवापत तपाँईले पैसासमेत कमाउन सक्नुहुनेछ । आफ्नो भिडियो कार्यक्रम अरुले हेरेवापत विज्ञापनबाट कमाइ हुने रकममध्ये ४५ प्रतिशत फेसबुक आँफैले राख्नेछ भने ५५ प्रतिशत प्रयोगकर्ताले पाउने छन् ।

यस फिचरमा आफ्ना शाथीभाईले कस्तो भिडियो हेरिरहेको छन् ? आफ्नो सर्कलमा कुन भिडियो तथा कार्यक्रम 'ट्रेन्डिङ'मा छ सबै हेर्न सकिने छ । जसबाट थप नयाँ कार्यक्रमहरुबारे थाहा पाउन सकिने छ ।

प्रयोगकर्ताहरुले भिडियोबारे दर्शकको प्रतिकृयाहरु हेर्न सक्नेछन् । साथै, विभिन्न शाथीभाईसँग समुह बनाई निश्चित कार्यक्रमहरुको लक्षित दर्शक समुहको निर्माणसमेत गर्न सक्नेछन् ।

फेसबुक संस्थापक मार्क जकरबर्गले उक्त नयाँ फिचरमा कुनैपनि कार्यक्रम निस्क्रिय रुपमा मात्रै हेर्नुनपर्ने बताए । उनले भने, ‘एउटै विषयमा रुचि भएका मानिसहरुलाई एक ठाउँ ल्याउन सकिन्छ र त्यो अनुभव साट्ने मौका पनि बन्न सक्छ ।’

फेसबुकमा गतवर्ष देखि ‘भिडिओ ट्याब’ उपलब्ध छ तर त्यो अहिलेसम्म सिकारुहरुले खिचेका भिडियो फूटेज वा समाचार संस्थाले राख्ने स–साना अंशमा मात्र सीमित रहेको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework