लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

नेपाल टेलिकम र ओरिडु कतारबीच सम्झौता

मंगलबार, ५ पुष, २०७३ मा प्रकाशित, 22172 पटक हेरिएको

काठमाडौं, पुस ५ । नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियतदरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार अब नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले कतारमा गएको समयमा पहिलेभन्दा सस्तोदरमा नेपालमा कल गर्नसक्ने भएका हुन् ।

आगामी जनवरीदेखि नयाँ सम्झौताअनुसारको दर लागू हुने टेलिकमले जनाएको छ ।

योभन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतारबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो ।

हाल सोही सम्झौताको महसुलदरलाई परिमार्जन गरिएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.