लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

शिक्षक र कर्मचारीले दिए आविष्कार केन्द्रलाई रु पाँच लाख सहयोग

मंगलबार, १७ फागुन, २०७३ मा प्रकाशित, 7678 पटक हेरिएको

म्याग्दी, फागुन १७ । हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब रु पाँच लाख सहयोग गरेका छन् ।

म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना हुन लागेको र केन्द्रलाई रु चार लाख ९८ हजार १०८ उपलब्ध गराइएको हो ।

आदर्श मावि रिमा स्रोत केन्द्रका स्रोत व्यक्ति भरतकुमार पुनले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई रकम हस्तान्तरण गरेका हुन् ।

राम्चेको नांगीमा जन्मिएर सोही क्षेत्रका ग्रामीण बस्तीमा बेतार इन्टरनेटको माध्यमबाट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासमा सघाएका महावीरको प्रयासमा स्थापना हुन लागेको केन्द्रलाई शिक्षक, कर्मचारी र अगुवाले स्वेच्छिक रुपमा सहयोग जुटाएका हुन् ।

विज्ञान, प्रविधि, स्वास्थ्य, कृषि, वन तथा वातावरणलगायत विषयमा अध्ययन गरी देश विकासमा सघाउने उद्देश्यले केन्द्र स्थापनाका लागि पुनको नेतृत्वमा जनस्तरबाट आर्थिक सहयोग जुटाउने क्रम चलिरहेको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework