लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

नेपालमा पनि आयो सामसुङको ‘एस ८’ र ‘एस ८ प्लस’, यस्तो छ मूल्य

बुधबार, ६ बैशाख, २०७४ मा प्रकाशित, 49221 पटक हेरिएको

काठमाडौं, वैशाख ६ । सामसुङको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी ‘एस ८’ र ‘एस ८ प्लस’ नेपालमा सार्वजनिक गरिएको छ ।

सामसुङ नेपालले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी यी फोन सार्वजनिकसँगै बुकिङ खुला गरेको हो ।

स्थानीय बजारमा सामसुङ एस ८ को मूल्य ८८ हजार ९ सय र एस ८ प्लसको ९८ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

पानी र धुलो नछिर्ने दाबी गरिएका यी सेटमा उच्च क्षमताका ब्याट्री प्रयोग गरिएको जनाइएको छ ।

आन्तरिक मेमेरी ६४ जीबी रहेको छ ।

सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले नयाँ सेट नेपालीलाई सुहाउँदो र नयाँ फिचरसहितको रहेको बताए ।

यी दुबै सेटमा चार जीबीको र्‍याम रहेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework