लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सूचना–प्रविधिमा महिलाको पहुँच बढाउनुपर्ने

बिहीबार, १४ बैशाख, २०७४ मा प्रकाशित, 1477 पटक हेरिएको

काठमाडौं, वैशाख १४ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधि (आइसिटी) को क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् ।

‘इन्टरनेसनल गल्र्स इन आइसिटी डे १०१७’ को अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा विहीबार (आज) यहाँ आयोजित एक कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले समग्रमा आइसिटी क्षेत्रमा महिलाको सहभागिता र पहुँच अत्यन्त कम भएकाले त्यसलाई बढाउनुपर्ने बताएका हुन् ।

‘महिलाकोे बौद्धिक विकास नभएसम्म उनीहरूको चौतर्फी विकास हुन गाह्रो छ, त्यसका लागि अरुले भन्नेभन्दा पनि महिला स्वयम् सक्रिय हुन आवश्यक छ’– मन्त्री कार्कीले भने ।

गाउँगाउँमा इन्टरनेटको नारामात्रै लगाउनेभन्दा पनि इन्टरनेट के का लागि प्रयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने मुख्य विषय भएको उनको भनाइ छ ।
त्यस्तै, राष्ट्रिय महिला आयोगका अध्यक्ष भगवती घिमिरेले आर्थिक, सामाजिक र राजनीतिकलगायत राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता गराउन जोड दिइन् ।

प्राधिकरणका अध्यक्ष दिगम्वर झाले ग्रामीण क्षेत्रका प्रत्येक विद्यालय, स्वास्थ्यचौकी, प्रत्येक गाउँपालिकामा अनिवार्य इन्टरनेट पुर्‍याउने तयारी भइरहेकोसमेत जानकारी दिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework