लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

धादिङको विकट गाउँमा टेलिकमको जिएसएम सेवा

बिहीबार, १४ बैशाख, २०७४ मा प्रकाशित, 2040 पटक हेरिएको

धादिङ, बैशाख १४ । धादिङ जिल्लाको विकट स्थानमा नेपाल टेलिकमले जिएसएम सेवा सञ्चालनमा ल्याएको छ ।

टेलिकमले धादिङ्गको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङ्गमा विटिएस स्थापना गरी गत बुधबारदेखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको जनाएको हो ।

ती स्थानहरुमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा नपुगेको टेलिकमले जनाएको छ ।

यस विटिएसबाट धार्खा, सेरटुङ्ग, बराङ्ग, झारलाङ्गका करिव तीन हजार घरधुरीका बासिन्दाहरुलाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको जनाइएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework