एनसेलले ल्यायो सापटीमा नयाँ योजना
आइतबार, १७ बैशाख, २०७४ मा प्रकाशित,
काठमाडौं, वैशाख १७ । एनसेलका प्रिपेड ग्राहकले एनसेल सापटीको नयाँ योजनाअन्तर्गत् बिनासेवाशुल्क एनसेल सापटी लिन पाउने कम्पनीले जनाएको छ ।
नयाँ योजनाअन्तर्गत् सबै प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत् अब बिनाकुनै सेवाशुल्क ३० रुपैयाँसम्म सापटी लिनसक्ने कम्पनीले जनाएको हो ।
मे दिवसको उपलक्ष्यमा ल्याइएको यो योजना वैशाख १८ गते सोमबारदेखि १५ दिनसम्म लागू हुने कम्पनीले जनाएको छ ।
इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।