लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

इन्जिनियरिङमा उत्कृष्ट अंक हासिल गर्ने १६ विद्यार्थीलाई एनसेलद्वारा छात्रवृत्ति प्रदान

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 4186 पटक हेरिएको

काठमाडौं, असार ५ । इन्जिनियरिङमा उत्कृष्ट अंक हासिल गर्ने १६ जना विद्यार्थीलाई एनसेलले छात्रवृत्ति प्रदान गरेको छ ।

एनसेलले सोमबार राजधानीमा कार्यक्रम गरी छात्रवृत्ति प्रदान गरेको हो ।

एनसेल छात्रवृत्ति अवार्ड विधामा १२ जना र एनसेल उत्कृष्टता अवार्ड विधामा ४ जना विद्याथीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

दुबै विधाका विद्यार्थीलाई जनही एक लाख रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा एनसेलका प्रमुख कानुन अधिकृत अम्बर थापा, प्रणयराज आर्चाय र त्रिभुवन विश्वविद्यालयका प्रा.डा. त्रिरत्न बज्राचार्यले छात्रवृत्ति प्रदान गरेका थिए ।

एनसेलले इन्जिनियरिङमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई २०७१ सालमा यस्तो पुरस्कार स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework