लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

टेलिकमको गुणस्तर सुधार्न लेखा समितिको निर्देशन

सोमबार, १६ साउन, २०७४ मा प्रकाशित, 837 पटक हेरिएको

काठमाडौं, साउन १६ । सांसदहरुले नेपाल टेलिकमको गुणस्तर सुधार गर्न निर्देशन दिएका छन् ।

व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले टेलिकमको सेवा गुणस्तरीय हुन नसकेको भन्दै गुणस्तरमा सुधार गर्न निर्देशन दिएको हो ।

समितिका सभापति डोरप्रसाद उपाध्यायले टेलिकमलाई गुणस्तरीय सेवा वृद्धिलगायतका योजना बनाएर ७ दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएका हुन् ।

बैठकमा सांसदहरुले सरकारी स्वामित्वको कम्पनीले दिने सेवा सस्तो र गुणस्तरीय हुनुपर्नेमा जोड दिएका थिए ।

टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले भने चर्को प्रतिस्पर्धाकाबीच टेलिकमले प्रगति जारी राखेको दाबी गरिन् ।

सरकारी स्वामित्वको कम्पनी भएकाले आफूहरुले विभिन्न विधि र प्रक्रिया पूरा गर्नुपर्ने भएकाले निजी कम्पनीले जसरी छिटो–छरितो निर्णय भने गर्न नसकिने उनले उल्लेख गरिन् । तथापि कम्पनी कमजोर नरहेको र राम्रो अवस्थामा रहेको उनले बताइन् ।

निजी कम्पनी नपुगेका नाफै नहुने ग्रामीण भेगमा आफूहरुले स्याटेलाइटबाट सेवा पुर्‍याइरहेको पनि उनले स्मरण गराइन् ।

आर्थिक वर्ष ०७२/०७३ मा खुद नाफा घट्नुमा ८०६ जना कर्मचारीलाई स्वेच्छिक अवकाश योजना लागू गरेर हटाउँदा ६ अर्ब रुपैयाँ खर्च भएको उनले जानकारी गराइन् ।

गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले २७ अर्ब रुपैयाँ करमात्र तिरेको उनले जानकारी गराइन् ।

टेलिकमले अघिल्लो वर्ष २५ अर्ब कर तिरेको थियो । यसै आर्थिक वर्षभित्र विभिन्न महत्वपूर्ण सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सुरु गरिने तयारी भइरहेको टेलिकमले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, वीर अस्पताल, शिक्षण अस्पतालमा सन्चालमा ल्याइसकेको उनले जानकारी गराइन् ।

टेलिकम आक्रामकरुपमा अगाडि बढ्ने योजनामा रहेको प्रबन्ध निर्देशक भण्डारीले दाबी गरिन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework