लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर

बुधबार, १८ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन १८ । एनसेलका प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिनसक्ने भएका छन् ।

एनसेल प्रालिले सापटी सेवा सफलतापूर्वक सन्चालन गरेको पाँचौ वर्ष पूरा भएको अवसरमा डबल सापटी योजना ल्याएको जनाएको छ ।

यसअन्तर्गत् अब ग्राहकले उही सेवा शुल्कमा ४० रुपैयाँ सापटी लिएर अफ्ठ्यारो परिस्थितिमा दूरसन्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

सापटीको यो नयाँ योजना बुधबार (आज)देखि लागू भएको कम्पनीले जनाएको छ ।

सापटी सेवाअन्तर्गत्को रकममा वृद्धि गरी दोब्बर बनाइएपनि ग्राहकले पुरानै सेवा–शुल्कमा यो सेवाबाट लाभ लिनसक्ने कम्पनीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework