लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

काठमाडौं र पोखराबाट स्मार्टको फोरजी सेवा

शनिबार, ११ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक ११ । दुरसन्चार सेवा प्रदायक स्मार्ट टेलिकमले फोरजी सेवाको ‘सफ्ट लन्च’ गरेको छ ।

कम्पनीले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी परीक्षणकारुपमा कात्तिक १२ गतेदेखि काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु हुने जनाएको छ ।

फोरजी सेवाका लागि प्राविधिकरुपमा सम्पूर्ण तयारी पूरा भएपनि केही समय परीक्षणकारुपमा सन्चालन हुने कम्पनीले जनाएको छ ।

केही समयपछि भने व्यावसायिकरुपमा यो सेवा देशैभर दिने कम्पनीले जनाएको छ ।

काठमाडौं र पोखरामा परीक्षणपछि नेपालगन्ज, चितवन र वीरगन्जमा पनि फोरजी सेवा विस्तार गर्ने जनाइएको छ ।

स्मार्टले ग्रामीण भेगमा सेवा प्रदान गर्दै आएको छ । सन् २०१३ मा कम्पनीले युनिफाइड लाइसेन्स प्राप्त गरेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework