लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सगुनको मोबाइल एप ‘ट्रायल’ संस्करणमा, ‘टुडेज सेक्रेट’ सुविधा

बिहीबार, १४ मंसिर, २०७४ मा प्रकाशित,

काठमाडौं, मंसिर १४ । अमेरिकी बजारमा ‘मिनी आइपीओ’ जारी गरेको ‘आइटी स्टार्ट अप कम्पनी सगुन’ले ‘मोबाइल एप’को ‘ट्रायल’ संस्करण सार्वजनिक गरेको छ ।

विश्वभर चासोको रुपमा हेरिएका ‘सोसियल इकमर्स कम्पनी सगुन’ले बनाएको ‘मोबाइल एप’ एसियाली बजारमा लक्षित गरेर ‘ट्रायल’ संस्करण ‘प्ले स्टोर’मा सार्वजनिक गरेको हो ।

परीक्षणका लागि ‘एन्ड्रोइड’ संस्करणमा मात्र उपलब्ध उक्त ‘एप’को पूर्ण संस्करण आगामी डिसेम्बर महिनाको अन्त्यतिर सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

छोटो समयमै चर्चा बटुल्न सफल सगुनले आफ्ना प्रयोगकर्ताहरुलाई एप प्रयोग गर्ने तरिकाबारे भिडियासमेत युट्युवमा सार्वजनिक गरेको छ ।

‘एप’को पूर्ण संस्करण सार्वजनिक भएपछि प्रयोगकर्ताले सामाजिक सन्जालको एउटा छुट्टै मज्जा लिनसक्ने संस्थापक गोबिन्द गिरीले बताए ।

गिरीका अनुसार सगुनको ‘मोबाइल एप’बाट प्रयोगकर्ताले आफ्नो गोप्य सुचना, फोटो तथा स्टीकर आदान–प्रादान, परिवारका सदस्य, साथीभाई तथा आफ्नो समुदायका व्यक्तिहरुलाई शेयर गर्न सक्नेछन् ।

एपमा भएको फरक ‘टुडेज सेक्रेट’ सुविधाले प्रयोगकर्ताले आफ्ना दैनिक गोप्य सुचनाहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । साथै, ग्रिटिङ एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमै समाहित भएकाले एउटै पेजबाट धेरै सुविधा प्रयोगकर्ताले लिन पाउनेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework