लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

टेलिकमले ल्यायो ‘नमस्ते क्रेडिट’ सेवा

शुक्रबार, १६ चैत, २०७४ मा प्रकाशित,

काठमाडौं, चैत १६ । नेपाल टेलिकमले शुक्रबारदेखि जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि ‘नमस्ते क्रेडिट’ सेवा ल्याएको छ ।

टेलिकमद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो सेवाको शुभारम्भ गरे ।

क्रेडिट सेवामार्फत् ग्राहकहरुले मोबाइलमा ‘कल’ गर्दागर्दै ब्यालेन्स सकिएमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको सापटी लिन सक्नेछन् । जसबाट कललाई निरन्तरता दिन सकिनेछ ।

सापटी लिएको रकम पछि गरिने रिचार्ज रकमबाट काटिने टेलिकमले जनाएको छ । यसरी सापटी लिएको रकममा ब्याज वा अरु कुनै कर नलाग्ने पनि जनाइएको छ ।

सापटी लिएको रकम प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिनेछ ।

तर, नेटवर्कमा सीम ‘एक्टिभ’ भएको कम्तीमा तीन महिना पुगेकालेमात्रै यो सेवा पाउनसक्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

सेवा स्वतः ‘एक्टिभेट’ हुने जनाउँदै टेलिकमले आफूले पाउने रकमको जानकारीका लागि ‘स्टाटस’ लेखेर १४७७ मा पठाउनुपर्ने जनाएको छ ।

यस्तै, सेवा लिन नचाहने ग्राहकहरुको हकमा ‘स्टप’ लेखेर १४७७ मा एसएमएस गर्नसक्ने टेलिकमले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework