लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

‘हर्न निषेध’ कारबाहीबाट १८ लाख राजस्व संकलन

मंगलबार, २ जेष्ठ, २०७४ मा प्रकाशित,

काठमाडौं, जेठ १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा एक महिनामा सवारी–साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व संकलन गरेको छ ।

                                                                                फाइल फोटो
महाशाखाले काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत् उपत्यकामा तीन हजार ७२४ सवारी–साधनका चालकलाई कारबाही गरिएको जानकारी दिए ।

‘उपत्यकाबाहिरबाट उपत्यका भित्रिने सवारी–साधनका चालक बढी हर्न निषेध कारबाहीमा परेका छन्’–उनले भने ।

हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको उनले दाबी गरे ।

हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको संख्यामासमेत कमी आएको महाशाखाले जनाएको छ ।

हर्न निषेध उल्लंघन गर्ने सवारी–साधनको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व संकलन गर्दै आएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework