लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

ट्राफिकलाई ५०० घुस दिन खोज्ने चालक पक्राउ

मंगलबार, २९ फागुन, २०७४ मा प्रकाशित,

काठमाडौं, फागुन २९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले सिंहदरबारचोकमा ट्राफिक प्रहरीले जाँच गर्नेक्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी ‘मिलाइदिनोस्’ भनी रु ५०० घुस दिन लाग्दा सर्लाही घर भइ भक्तपुर बस्ने भुवन मोक्तानलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले घुस दिने र लिने दुवैलाई कारबाही गरिने जानकारी दिए ।

पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाएको महाशाखाले जनाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework