लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

वीरगंज–काठमाडौं विद्युतीय रेलमार्ग अध्ययन गर्न १९ कम्पनी इच्छुक

मंगलबार, २६ पुष, २०७३ मा प्रकाशित,

काठमाडौं, पुस २६ । काठमाडौं–वीरगंज विद्युतीय रेल मार्गको अध्ययन (फिजिबिलिटी स्टडी) गर्न १९ ओटा कम्पनी इच्छुक देखिएका छन् ।

रेल विभागले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोवल टेन्डर) मा सहभागी भएर ती कम्पनीहरुले रेलमार्ग सम्भाव्यता अध्ययनको इच्छा देखाएका हुन् ।

चिनियाँ, भारतीय, कोरियाली र युरोपेली मुलुकका कम्पनीहरुले बोलपत्र दर्ता गरेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए ।

विभागमा दर्ता भएका बोलपत्र प्रस्ताव मंगलबार खोलिने र लगत्तै मूल्यांकन सुरु गरिने उनले जानकारी दिए ।

उपाध्यायका अनुसार बोलपत्र प्रस्ताव खोलिएको करिब १ महिनाभित्र मूल्यांकन सकिने छ । मूल्यांकन सकिएपछि १९ मध्ये उत्कृष्ट ठहरिने ६ कम्पनीलाई सर्ट लिस्टेड गरिने छ ।

सूचीकरणमा परेका कम्पनीमध्येबाट छनोट प्रक्रिया सुरु गरि एउटा कम्पनीलाई नियुक्त गरिने छ । –नागरिक दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework