लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मोटरसाइकलमा १० एसियाली राष्ट्रको यात्रा गरिने

आइतबार, २१ जेष्ठ, २०७४ मा प्रकाशित, 2827 पटक हेरिएको

काठमाडौं, जेठ २१ । विश्व वातावरण दिवसका अवसरमा कालीमाटी तरकारी बजार युवा क्लबले १० एसियाली राष्ट्रहरुको मोटरसाइकल भ्रमण–यात्रा गर्ने भएको छ ।

क्लबले आइतबार (आज) काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल, भारत, भुटान, बंगलादेश, लाओस, म्यानमार, थाइल्यान्ड, मलेसिया, सिंगापुर र इन्डोनेसियाको मोटरसाइकलबाट भ्रमण गर्ने  कार्यक्रम सार्वजनिक गरेको हो ।

भ्रमण–यात्राका लागि क्लबले १ सय १ दिन समय लाग्ने जनाएको छ ।

‘विश्वमा शान्ति फैलियोस्’ भन्ने मूल नाराका साथ गरिने मोटरसाइकल यात्राको सोमबार (भोलि) काठमाडौंबाट प्रारम्भ हुने संस्थाका अध्यक्ष हरिकृष्ण धेकेले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework