लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

बाँच्नकै लागि आमाले नै बेचिन् २०० मा आफ्नो सन्तान

शुक्रबार, २२ बैशाख, २०७४ मा प्रकाशित,

काठमाडौं, वैशाख २१ । चरम गरिबीमा बाँचिरहेका भारतका एक आदिवासी परिवारले बाँच्नकै लागि आफ्नै दुई वर्षीय सन्तानलाई २०० भारतीय रुपैयाँमा बेचिदिएको घटना बाहिर आएको छ ।

भारतको अगरतलादेखि १७० किलोमिटर टाढा रहेको धलाइ जिल्लाको गंडाचेरास्थित त्रिपुरागाउँको एक आदिवासी परिवारले दुई साताअघि दुई वर्षीय एक छोरालाई २०० भारतीय रुपैयाँमा बेचिदिएका हुन् ।

बीबीसीले उल्लेख गरेअनुसार भारतमा पछिल्ला १५ दिनमा आफ्नै सन्तान बेचिएको यो दोस्रो घटना हो ।

यसअघि, सोही गाउँमा ११ दिनको एक शिशु पाँच हजार भारुमा बिक्री भएको थियो ।

उक्त बालकका बाबु खनाजाँय रियांगले आफूले बेच्न नमानेको तर, उनकै आमाले २०० भारुमा बेचिदिएको बताए ।

स्थानीय बाल कल्याण विकास परियोजनाका अधिकृत आविद हुसैनले घटनाकाबारेमा जानकारी रहेको उल्लेख गर्दै कुनैपनि हालतमा बालक फिर्ता ल्याउने बताए ।

युनाइटेड न्यूज अफ इन्डिया समाचार संस्थाकाअनुसार धलाइ जिल्ला कार्यालयले घटना बाहिर आएपछि छानबिन समिति गठन गरेकोे छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 

धेरै पढिएका...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework