लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
sagoon new

अमेरिकी नवनिर्वाचित राष्ट्रपतिको अश्लील भिडियो रुससँग !

बुधबार, २७ पुष, २०७३ मा प्रकाशित, 21153 पटक हेरिएको

वासिंटन, पुस २७ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कथित अश्लिल भिडियो रुससँग रहेको दाबी एक प्रतिवेदनमा गरिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यममा हालै प्रकाशमा आएको रिपोर्ट अनुसार रुससँग ट्रम्पको अश्लिल भिडियो भएकै कारण कुनै पनि समय उनी रुसी ब्ल्याकमेलिङको शिकार हुन सक्छन् ।

अमेरिकी गुप्तचर अधिकारीहरुले यसबारेमा ट्रम्पलाई समेत जानकारी दिइएको बताइएको छ । यद्यपि ट्रम्पले यस्तो समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

समाचार एजेन्सीहरुका अनुसार यो तथ्य ब्रिटिश गुप्तचर एजेन्टहरुले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । ‘ब्रिटिश एजेन्टलाई रुसी स्रोतले बताएअनुसार उनीहरुसँग अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित आश्चर्यजनक जानकारी छ, जसमा ट्रम्पको एक गोप्य भिडियो पनि छ । उक्त तथ्यहरुका आधारमा ट्रम्पलाई ब्ल्याकमेल गर्न सकिन्छ,’ सो प्रतिवेदनमा भनिएको छ ।

मस्कोको एक होटलमा ट्रम्प बसेको समयमा उक्त भिडियो लिइएको बताइएको छ । भिडियोमा यौनकर्मीका साथ ट्रम्प रहेको दाबी गरिएको छ ।

अमेरिकी गुप्तचर, सांसदहरु र अन्य विशिष्ट अधिकारीहरुमाझ यो तथ्य यतिबेला चर्चाको विषय बनिरहेको छ ।

सोही प्रमाणका आधारमा रुसले पाँच वर्षदेखि ट्रम्पको समर्थन गर्दै आएको बताइएको छ । स्रोतका अनुसार यो प्रतिवेदन पूर्व ब्रिटिश गुप्तचर एजेन्टले ट्रम्पका राजनीतिक विरोधीहरुका लागि तयार गरेका थिए । रुसी अधिकारीहरुले ट्रम्पसँग सोही भिडियोका आधारमा केही महत्वपूर्ण सम्झौता गरेको दाबी पनि उक्त प्रतिवेदनमा गरिएको छ ।

उल्लेखनीय छ, ट्रम्पले रुससँगको अमेरिकी नीतिमा परिवर्तनको वकालत गर्दै आएका छन् भने ट्रम्पको जितमा रुसको महत्वपूर्ण भूमिका रहेको चर्चा यसअघि नै चल्दै आएको थियो ।

ट्रम्पका केही अश्लिल गतिविधि तथा कथित यौन शोषणमा उनी संलग्न रहेको आरोप अमेरिकामै केही महिलाले यसअघि नै लगाउँदै आएका थिए । (एजेन्सी)

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.