लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

डोनाल्ड ट्रम्पको बचाउमा उत्रिए पुटिन

बिहीबार, ४ जेष्ठ, २०७४ मा प्रकाशित,

मस्को, जेठ ४ । रुससँगको सम्बन्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि उठिरहेको प्रश्नका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको बचाउ गरेका छन् ।

अमेरिकी संचारमाध्यमका अनुसार ट्रम्पले रुसी विदेशमन्त्रीलाई गोप्य जानकारी उपलब्ध गराएका थिए । ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । रुसी राष्ट्रपति पुटिनले पनि ती आरोपमा सत्यता नभएको बताएका हुन् ।

पुटिनले अमेरिकी संसदले मागेको खण्डमा त्यतिबेलाको भेटवार्ताको रेकर्ड उपलब्ध गराउन रुस तयार रहेको बताए ।

अमेरिकी संचारमाध्यमले ट्रम्प प्रशासनको सम्बन्ध रुससँग रहेको भन्दै केही गोप्य जानकारी रुसलाई उपलब्ध गराइएको दाबी गरेका छन् । यससँग सम्बन्धित विषयमा छानविन गरिरहेको अवस्थामा ट्रम्पले एफबीआइ निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेको आरोप अमेरिकी संचारमाध्यमले लगाउँदै आएका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 

धेरै पढिएका...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework