लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

अमेरिकी विदेशमन्त्री चीन भ्रमणमा, उत्तर कोरियाको विषयमा छलफल हुने

शनिबार, ५ चैत, २०७३ मा प्रकाशित,

बेइजिङ, चैत ५ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन पूर्वी एसिया भ्रमणका क्रममा बेइजिङ पुगेका छन् ।

उत्तर कोरियाका विषयमा बढ्दो चिन्ताले उनको भ्रमणमा उठ्ने अरु विषय ओझेलमा पारेको बताइएको छ । शुक्रबारमात्र अमेरिकी विदेशमन्त्री टिलर्सनले दक्षिण कोरिया या अमेरिकी सेनालाई चुनौति दिए प्योङयाङ विरुद्ध सैन्य कारवाही गर्ने चेतावनी दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाको रवैया अत्यन्त खराब रहेको उल्लेख गरेका छन् । अमेरिकी विदेशमन्त्रीको भ्रमणका क्रममा बेइजिङले उत्तर कोरियाको आणविक हतियारमा लगाम लगाउनुपर्ने भनाई विरुद्ध रोष प्रकट गर्ने सम्भावना रहेको छ ।

यस्तै यसै महिनाको शुरुमा दक्षिण कोरियामा राखिएको अमेरिकी मिसाइल प्रतिरक्षा प्रणाली सम्बन्धमा पनि चीनले असन्तुष्टि जनाउने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको उत्तेजक व्यवहार नियन्त्रण गर्न चीनले सहयोग नगरेको बताएका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework