लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अमेरिकाका बस्दै आएका दुई लाख आप्रवासीलाई स्वदेश फर्कन ट्रम्प प्रशासनको आदेश

मंगलबार, २५ पुष, २०७४ मा प्रकाशित,

वासिंटन, पुस २५ । अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन दिएको छ ।

अमेरिकामा आप्रवासीको चाप रोक्ने संकल्प यसअघि नै लिइसकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक  एल साल्भाडोरमा बसोबास गर्दै आइरहेका दुई लाख अफ्रिकी नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् ।

अमेरिकाको एल साल्भाडोर राज्यमा अफ्रिकी आप्रवासी दुई लाखको हाराहारीमा छन् । उनीहरुलाई अमेरिकामा बस्न र काम गर्न दिइएको अनुमति रद्द गर्ने तयारीमा ट्रम्प प्रशासन जुटेको हो ।

सन् २००१ मा लगातार आएको भूकम्पपछि अमेरिका प्रवेश गरेका उनीहरुलाई मानवतावादी कार्यक्रम ‘टेम्प्रोरी प्रोटेक्टेड स्टेटस’ (टीपीएस) दिइएको थियो । उनीहरुलाई सन् २०१९ सम्ममा स्वदेश फर्कन समयसीमा तोकिएको छ । सो अवधिभित्र नफर्किएमा गिरफ्तार गरी कानुनअनुसार कारवाही हुने जनाइएको छ ।

ट्रम्प प्रशासनले यसअघि निकारागुवा र हाइटीका हजारौं आप्रवासीको टीपीएस सुरक्षा फिर्ता लिएको थियो ।

के हो टीपीएस ?

सन् १९९० मा सुरु गरिएको यो कार्यक्रमअन्तर्गत विभिन्न मुलुकका आप्रवासीलाई कानुनी रुपमा अमेरिकामा बस्न र काम गर्ने अधिकार दिइन्छ । कानुनी रुपमा वा गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने सबैलाई यो कार्यक्रम अन्तर्गत सम्बोधन गरिन्छ ।

यस्तो अधिकार सशस्त्र संघर्ष, प्राकृतिक विपत् वा महामारीबाट प्रभावित मुलुकका नागरिकले मात्र प्राप्त गर्दछन् । अमेरिकाको एल साल्भाडोर राज्यमा दुई लाख नागरिक छन्, जो टीपीएस पाउने सबैभन्दा ठूलो समूह हो । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework