लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘अमेरिकी सैन्य अखडालाई निशाना बनाउँदै उत्तर कोरिया जुट्यो हमलाको योजनामा’

बुधबार, २५ साउन, २०७४ मा प्रकाशित,

प्योङयाङ्ग, साउन २५ । उत्तर कोरियाले अमेरिकाको सैन्य अखडालाई निशाना बनाएर हमलाको योजना बनाइरहेको तथ्य प्रकाशमा आएको छ । उत्तर कोरियाले अमेरिकाको गुआम सैन्य बेसमाथि आक्रमणका लागि योजना बनाइरहेको तथ्य प्रकाशमा आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि हमलाको चेतावनी दिएपछि उत्तर कोरियाका तर्फबाट पनि हमलाका लागि योजना बनिरहेको तथ्य विभिन्न संचारमाध्यमले प्रकाशमा ल्याएका छन् ।

यसअघि उत्तर कोरियाले अमेरिकालाई आफूमाथि लगाइएको प्रतिबन्धको हिसाब चुक्ता गर्नुपर्ने चेतावनी दिएको थियो ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी ‘केसीएनए’का अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले लामो समयदेखि स्थगित योजनालाई सुरु गर्न आदेश दिएको कोरियाली पिपुल्स आर्मीका प्रवक्ताले जनाएका छन् ।

अमेरिकाको गुआम सैन्य अखडा उत्तर कोरियाबाट करिब दुई हजार एक सय २८ माइलको दुरीमा छ । सो बेस क्याम्पसमा अमेरिकाको बायु सेना र नौसेनाका हजारौं अमेरिकी सैनिक हतियारसहित तैनाथ छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework