लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

कम समयमा धेरैजनासँग सेल्फी, यसरी बन्यो विश्व कीर्तिमान

बिहीबार, २१ बैशाख, २०७४ मा प्रकाशित, 7748 पटक हेरिएको

काठमाडौं, वैशाख २१ । बेलायतका पूर्वफुटबल खेलाडी एलन सेअरेरले सबैभन्दा कम समयमा धेरैजनासँग सेल्फी खिचेर विश्व कीर्तिमान बनाएका छन् ।

सेअरेरले गत साता स्कुलका विद्यार्थीहरुको एक समूहसँग सेल्फ पोट्रेट फोटोग्राफ्स (सेल्फी) तीन मिनेटभित्र खिचेर विश्व कीर्तिमान बनाएका हुन् ।

उनले एलन सेअरेर फाउन्डेसनका लागि स्कुले बालबालिकाको सहयोगमा विश्व कीर्तिमान बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले उल्लेख गरेको छ ।

गिनिज बुककाअनुसार गसफोर्थस्थित साउथ नर्थ क्रिकेट क्लबनजिकै लाइनमा बसेका ३ देखि १८ वर्षका १३४ जना स्कुले बालबालिकासँग तीन मिनेटभित्रमा सेअरेर आफैंले उनको आइफोनमा सेल्फी खिचेका थिए ।

गिनिज बुकका अधिकृत प्रभिन पटेलले सेअरेरलाई विश्व कीर्तिमानको प्रमाणपत्र दिएका छन् । पटेलले विश्व कीर्तिमानमा यस्तो रेकर्ड नयाँ र फरक भएको बताए ।

सेअरेरले यो एक किसिमको चुनौती भएपनि निकै रमाइलो अनुभव गरेको बताए ।

गिनिज बुककाअनुसार यसअघि सबैभन्दा कम समयमा धेरै सेल्फी खिच्ने व्यक्तिको कीर्तिमान भारतका नागरिक सुखप्रित सिंहको नाममा थियो ।

सिंहले गत वषको जनवरी महिनामा हुवाई कम्पनीले दुबईमा आयोजना गरेको कार्यक्रममा कीर्तिमान बनाएका थिए ।

त्यसअघि, यस विधामा कीर्तिमान राख्नेहरुमा चर्चित फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, चर्चित रेस्लर द रकसमेत रहेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework