लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

महिलाका लागि खतरनाक देश, जहाँ प्रत्येक ३६ सेकेन्डमा एक बलात्कार

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 26600 पटक हेरिएको

लन्डन, पुस २८ । महिला असुरक्षाका दृष्टिले सबैभन्दा खतरनाक मुलुक कुन होला ? धेरैको मनमा कौतुहल लाग्न सक्छ ।

मानवअधिकार सम्बन्धी राष्ट्रसंघीय निकायले जारी गरेको एक तथ्यांक अनुसार महिलाका लागि सबैभन्दा असुरक्षित मुलुक दक्षिण अफ्रिका हो ।

दक्षिण अफ्रिकामा प्रत्येक ३६ सेकेन्डमा एक महिला बलात्कारको शिकार हुने गरेको बताइन्छ । गत वर्ष अर्थात् सन् २०१६ मा दक्षिण अफ्रिकामा ५४ लाख ६ सय ४० बलात्कारका घटना प्रकाशमा आएको छ ।

सबैभन्दा बढी १० देखि १५ वर्ष उमेर समूहका बालिका बलात्कारको शिकार हुने गरेको सो तथ्यांकमा उल्लेख छ ।

महिला असुरक्षाका दृष्टिले दोस्रो नम्बरमा अफ्रिकी मुलुक बोत्सवाना रहेको छ । करिब २३ लाख जनसंख्या रहेको यो मुलुकमा वर्षेनि प्रति एक लाख जनसंख्यामा बलात्कारका घटना ९ हजार दुई सय रहेको छ ।

तेस्रो नम्बरमा अफ्रिकी देश लेसोथो रहेको छ । करिब २२ लाख जनसंख्या रहेको यो मुलुकमा वर्षेनि प्रति एक लाख जनसंख्यामा २ हजार तीन सय बलात्कारका घटना हुने गरेको छ । (एजेन्सी)

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.