लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

क्याटलन नेताको रिहाइको माग गर्दै म्याड्रिडमा प्रदर्शन जारी

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

बार्सिलोना, कात्तिक २८ । स्पेनको केन्द्रीय सरकारले थुनामा राखेका क्याटालोनियाको स्वतन्त्रताका पक्षधर नेताहरूलाई रिहाइको मागगर्दै मंगलबार पनि दशौं हजारले प्रदर्शन गरेका छन् ।

दशौं हजार क्याटालोनियालीले उनीहरुको रिहाइकोमा माग गर्दै प्रदर्शन गरेका बताइएको छ ।

आइतबारबाट सडक प्रदर्शन सुरु गरेका उनीहरुले आफ्ना नेताहरुलाई नियन्त्रणमा लिएको विरोधमा बार्सिलोनामा प्रदर्शन गरेका छन् ।

क्याटलोनियाका आठजना क्षेत्रीय मन्त्री र दुईजना अभियानकर्ता थुनामा छन् । उनीहरुको रिहाइको माग गर्दै प्रदर्शनकारीले सोमबार पनि आन्दोलन गरेका थिए । सो प्रदर्शन मंगलबार पनि जारी रहेको बताइएको छ ।

स्पेनको कदमपछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन स्वेच्छाले बेल्जियम निर्वासनमा छन् । उनका अभियानकर्ताहरूमाथि भने मुद्दा चलाइएको छ ।

क्याटलोनियाको क्षेत्रीय संसद र सरकारले क्याटोलोनियालाई आफै स्वतन्त्र भएको घोषणा गरेका थिए । तर, त्यसलाई केन्द्र सरकारले भने मानेको छैन ।

स्पेनले क्षेत्रीय सरकारलाई निलम्बन गरी प्रत्यक्ष शासन सुरु गरेको थियो । हाल क्याटालोनियाको संसद र सरकार दुवै निलम्बनमा छ । स्पेनको सरकारले संसस र सरकार बिघटन गरेको हो । (रासस/एएफपी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework