लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सुन्दरीले झुठ बोल्दा खोसियो ‘मिस वर्ल्ड बंगलादेश’को ताज

शुक्रबार, २० असोज, २०७४ मा प्रकाशित,

ढाका, असोज २० । यसै हप्ता ‘मिस वर्ल्ड बंगलादेश’को ताज पहिरिएकी मोडल जन्नतुल नइमले झुठ बोलेको पत्ता लागेपछि उनको ताज खोसिएको छ ।

२७ वर्षीया जन्नतुल नइमले गत सेप्टेम्बर २९मा ‘मिस वर्ल्ड बंगलादेश–२०१७’ बन्न सफल भएकी थिइन् । ‘मिस वर्ल्ड बंगलादेश’को लागि प्रतियोगी अविवाहित हुनुपर्ने नियमअनुसार ताज पहिरिएको ६ दिनपछि गत बुधबार उनी बिवाहिता रहेको खुल्न आएको थियो ।

पेशाले वकील रेहकी उनी मोडलिङ पनि गर्दै आइरहेकी छिन् । उनले १६ वर्ष कै उमेरमा विवाह गरेको प्रमाण भेटिएपछि बंगलादेश सरकारले उनको ताज खोसेको हो । उनको बिवाह सन् २०१३ मै भएको र तीन महिनापछि सम्बन्ध बिच्छेद भएको बंगलादेश सन्चारमाध्यमले उल्लेख गरेका छन् । त्यसपछि उनी उनी ढाका आएर मोडलिङ गर्दै कानुनको पढाइ पुरा गरेकी थिइन् ।

‘मिस वर्ल्ड बंगलादेश’ आयोजक कमिटीले नइमले प्रतियोगीको लागि चाहिने आधारभुत योग्यता नभएको र  ताज जित्नको लागि झुठो बोलेको  आरोप लगाएको छ ।

सानै उमेरदेखि मोटरसाइकल चलाउन सिकेकी उनी बंगलादेशमा ‘लेडी बाइक राइडर’को रुपमासमेत चिनिन्छिन् ।

उनको ताज खोसिएपछि फेसबुकमार्फत उनले १६ वर्षको उमेरमा वाध्यताले बिवाह भएकोले आफुले यसलाई विवाह भन्न नचाहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘माध्यामिक तहको पढाई पुरा नहुँदै जर्वजस्ती बिवाह गरिदिए त यसमा मेरो के गल्ति छ ?’

प्रतियोगीता आयोजक कमिटीले प्रतियोगीताको नियमअनुसार अबिवाहित महिलामात्रै भाग लिन सक्ने भएकोले उनको ताज फिर्ता लिएको बताएको छ । कमिटिले उनको ताज खोसिएपछि उक्त प्रतियोगीताको 'फस्ट रनरअप' जेसिया इस्लामलाई दिइने घोषणा गर्दै आगामी मिस वर्ल्ड प्रतियोगीतामा बंगलादेशको तर्फबाट जेसियाले भाग लिने उल्लेख गरेको छ । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework