लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

भारतमा तीर्थ–यात्री सवार बस दुर्घटना, १६ जनाको मृत्यु, १९ गम्भीर घाइते

आइतबार, १ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन १ । भारत प्रशासित कश्मिरको रामबन जिल्लास्थित ‘जम्मु–श्रीनगर नेशनल हाइवे’मा अमरनाथ तीर्थ–यात्रीको बस दूर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

अमरनाथ तीर्थ यात्राका लागि जाँदै गरेका श्रद्धालु–यात्रुहरु सवार जेके०२वाई–०५९४ नम्बरको बस दूर्घटनामा परेको हो ।

दुर्घटनामा १९ जना  गम्भीर घाइतेलाई शैनिक हेलिकप्टरमार्फत जम्मु अस्पताल लगिएको रामबन जिल्लाका वरिष्ठ प्रहरी प्रमुख मोहनलालले बताएका छन् । सामान्य चोटपटक लागेको बाँकी यात्रुहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको जनाइएको छ ।

घटनापछि, प्रधानमन्त्री नरेन्द्र मोदि र मुख्यमन्त्री महबुबा मुफ्तीले ट्वीटरमार्फत गहिरो दुख ब्यक्त गरेका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework