लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

भारतको गुजरातमा वर्षाबाट १५ जनाको मृत्यु

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 1750 पटक हेरिएको

नयाँदिल्ली, साउन २ । पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ ।

अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार (आज) जानकारी दिएका छन् ।

गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुले थप जनकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रमा प्रकोप व्यवस्थापन बलले उद्धार कार्य जारी राखेको जानकारी दिइएको छ । बाढी प्रभावित क्षेत्रका करिब दुई हजार व्यक्तिलाई उद्धार गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रकोपको मारमा पर्नसक्ने र उद्धार गरिएका व्यक्तिहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

पहाडी राज्य उत्तराखण्डमा सन् २०१३ मा बाढी पहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै ६०० जनाको मृत्यु भएको थियो भने पाँच हजार ७०० जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ठूलो संख्याका ती व्यक्ति पछि नभेटिएकाले उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework