लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

उत्तर कोरियाको विकासका लागि वायुपंखी ‘चोलिमा’ र ‘मलिमा’ घोडाको कथा

आइतबार, २९ असोज, २०७४ मा प्रकाशित,

काठमाडौं, असोज २९ । अमेरिकाको प्रतिबन्धको बाबजुद छोटो समयमै पश्चिमा राष्ट्रहरुले नसोचेको रफ्तारमा परमाणु हतियार परीक्षण र देश विकासमा उत्तर कोरियाले उल्लेख्य प्रगति हासिल गर्नुमा काल्पनिक कथाहरुको महत्वपूर्ण योगदान रहेको छ ।

उत्तर कोरियामा लागु गरिएको ‘साँनगान’ अर्थात ‘सेना पहिले’को नीति प्रभावकारी मानिन्छ । कोरियाली युद्धपछि सन् १९६० मा किम इल सुंगले यस नीतिको सुरुवात गरेका थिए ।

यसै नीतिमा आधारित दुई ओटा घोडाको नाममा काल्पनिक कथा बनाइएको छ । जुन उत्तर कोरियाली जनतालाई आफ्नो देशप्रति उत्तरदायी हुँदै उन्नति र प्रगतिमा लम्किन प्रेरणा दिने गर्दछ ।

पश्चिमाहरुले भनेजस्तो भोकमरी र गरीबि र विपन्नबाट पिल्छिएको उत्तर कोरियाले काल्पनिक कथालाई वास्तविकतामा परिणत गर्न खोजिरहेको भान पछिल्लो समय उत्तर कोरियाले बनाएको गगनचुम्बी भवन र आधुनिक सहरको निर्माणबाट थाहा पाउन सकिन्छ ।

पहिलो कथा ‘चोलिमा’ नाम गरेको वायुपंखी घोडामा आधारित छ । यो घोडा ‘मलिमा’ नाम गरेको अर्को घोडाभन्दा कम तर दैनिक चार सय किलोमिटर दौडन सक्छ । ‘चोलिमा’ घोडाको काल्पनिक कथा सन् १९५० मा कोरियाली चोलिमा मुभमेन्टबाट सुरु भएको हो । सन् १९५०–५३को कोरियाली युद्धपछि अर्थव्यवस्थाको पुनर्निर्माणको लागि सन् ५० कै दशकमा चोलिमा मुभमेन्टको सुरुवात गरिएको थियो ।

अहिले उत्तर कोरियाको सबैभन्दा ठूलो संयन्त्र चोलिमा स्टील कम्प्लेक्समा नै रहेको छ ।

त्यस्तै, उत्तर कोरियाली जनतालाई प्रेरणाको लागि अर्को काल्पनिक कथा वायुपंखी घोडा ‘मलिमा’मा आधारित छ ।

यो घोडा एकदमै तेज रफ्तारमा लामो दुरीसम्म दौडन सक्छ । यसको रफ्तार ‘चोलिमा’भन्दा १० गुणा बढी रहेको उनीहरुको मान्यता छ । उत्तर कोरियाली मिडियामा धेरैजसो ‘मलिमाको रफ्तार’ भन्ने शब्द प्रयोग गरिन्छ । आर्थिक लक्ष्य हासिल गर्नको लागि सबै जनताले प्रतिबद्ध भएर धेरै मेहेनेत गर्नुपर्छ भन्ने बुझाउन र प्रेरणाको लागि ‘चोलिमा’ घोडाको काल्पनिक कथा सुनाउने गरिन्छ । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework