लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

एक वर्षीया बालिका ‘स्नोबोर्ड’मा, अब साहसिक खेल ‘सर्फिङ’ खेल्ने (भिडियो)

आइतबार, ९ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस ९ । वर्षदिन नपुग्दै क्यास रोलीले आफ्नो आमाबुबाको प्रोत्साहनबाट साहसिक खेल ‘स्नोबोर्ड’ खेलेकी छन् ।

आफ्नो पहिलो जन्मदिन मनाउनु दुई दिनअघि गत शनिबार रोलीले बाइसस्थित बोगस बसिनको हिउँमाथि स्नोबोर्ड खेल खेलेकी हुन् ।

रोलीको आमाबाबु नीक र व्हेटनी रालीले उनलाई स्नोबोर्डमाथि चढाएर स्की खेलाउनका लागि आफ्नै घर वरीपरी स्नोबोर्डमाथि चढ्न सिकाएका थिए ।

एक वर्ष नपुग्दै स्नोबोर्डमा विलक्षण क्षमता देखाएकी रोलीले अर्कोपटक कस्तो खेल खेल्नेछिन् भन्ने बीबीसीको प्रश्नमा उनका आमाबाबुले भनेका छन्, ‘अब रोलीले पानीमा खेलिने एकप्रकारको साहसिक खेल ‘सर्फिङ’ खेल्नेछिन् ।’

आगामी फेब्रुअरीमा कोस्टारिको भ्रमणमा जाने योजनामा रहेका रोली परिवारले उनीहरुको छोरी क्यासलाई पहिलोपटक ‘सर्फिङ’ खेल खेलाइने एबीसी न्यूजलाई बताएका छन् । एजेन्सी

भिडियो हेर्नुस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework