लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

इरान राष्ट्रिय शोकमा, हजारौं इरानी चिसो रातमा खुला आकाशमुनि

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

इरान, कात्तिक २८ । एक दशकयताकै विध्वंशकारी भूकम्पको मारमा परेका हजारौं इरानीले खुला आकाशमुनि दोस्रो रात चिसैमा कटाएका छन् ।

४ सय ३० भन्दा बढी मानिसले ज्यान गुमाएको भूकम्पमा परी ७ हजारभन्दा बढी घाइते भएका छन् ।

७.३ म्याग्निच्यूडको भूकम्पले छिमेकी देश इराकको उत्तरी क्षेत्रमा पनि क्षति पुर्‍याएको छ । उद्धारकर्मीले सबैभन्दा नराम्ररी प्रभावित इरानको पहाडी प्रान्त केर्मान्शाहमा घरका भग्नावशेषमा पुरिएका मानिसको खोजी गरिरहेका छन् ।

इरानी सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । इरानमा गत आइतवार गएको भूकम्प यो वर्ष विश्वमै गएको सबैभन्दा विनाशकारी भूकम्प हो । इराकको सीमादेखि १५ किलोमिटर टाढा पर्ने इरानको पश्चिमी शहर सारपोल ए जाहब र केर्मान्शाह प्रान्तका विभिन्न शहरमा अत्यधिक क्षति भएको छ । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework