लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

फेला पर्‍यो ८ हजार वर्ष पुरानो अंगुरबाट बनेको ‘वाइन’

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २८ । वैज्ञानिकहरुले ८ हजार वर्ष पुरानो माटोको भाँडोमा राखिएको अंगुरको ‘वाइन’ जर्जीयामा फेला परेको बताएका छन् ।

अनुसन्धानकर्ताहरुले उक्त ८ हजार वर्ष पुरानो माटोको भाँडो र केहि ‘वाइन’का अवशेषहरु अहिलेसम्म कै सबैभन्दा पुरानो अंगुरको 'वाइन' बनेको प्रमाण भएको बताएको हुन् ।

जर्जीयाको राजधानी तबलिसीदेखि दक्षिण दुई क्षेत्रमा फेला परेको उक्त माटोको भाँडो नवपाषण युगसँग सम्बन्धित रहेको बताइएको छ ।

प्रोसेसिंग अफ द नेशनल एकेडेमी अफ साइन्सेस्’ प्रकाशित अध्ययनमा भनिएको छ, ‘एकजना नाचिरहेको जस्तो देखिने उक्त माटोको भाँडोमा केहि अंगुरबाट बनेको 'वाइन'को अवशेष भेटिएको छ ।’

टोरोन्टो विश्वबिद्यालयको वरिष्ठ अनुसन्धानकर्ता तथा यस अध्ययनका सह–लेखक स्टीफन बाट्युकका अनुसार उक्त भाँडोमा भेटिएको ‘वाइन’ जंगलमा पाइने यूरेसियाई प्रजातीको अंगुरबाट बनेको छ । उनले भने, ‘ यूरेसियाई प्रजातीको अंगुरबाट वाइन बनाइने पद्धती सबैभन्दा पुरानो हो ।’

'बीबीसी'का अनुसार यसअघि अंगुरबाट 'वाइन' बनाइएको सबैभन्दा पुरानो प्रमाण इरानमा भेटिएको थियो । इरानमा भेटिएको उक्त 'वाइन' कम्तिमा पनि ७ हजार वर्ष पुरानो मानिएको थियो ।

त्यस्तै, सन् २०११ मा अर्मेनियाको एक गुफामा ६ हजार पुरानो अंगुरबाट बनाइएको 'वाइन'को अवशेष भेटिएको थियो भने अंगुरबिना चामल, शख्खर र अन्य फलबाट बनाइएको ७ हजार वर्ष पुरानो 'वाइन'को प्रमाण चीनमा फेला परेको 'बीबीसी'ले उल्लेख गरेको छ । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework