लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

एसिया भ्रमणको अन्तिम राष्ट्र फिलिपिन्सलाई ट्रम्पकोे प्रशंसा

सोमबार, २७ कार्तिक, २०७४ मा प्रकाशित,

मनिला, कात्तिक २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिनी समकक्षी रोड्रिगो डुटेर्तेसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन् ।

मनिलामा दुई नेताबीच भएको भेटवार्तामा राष्ट्रपति ट्रम्पले मानव अधिकार उल्लंघनको विषय उठाएको वा नउठाएको भन्ने विषयमा यकिन हुन नसकेको सन्चारमाध्यमहरुले जनाएका छन् । तर, ट्रम्पमाथि डुटेर्तेसँग मानव अधिकार उल्लंघनको विषय उठाउन दबाब रहेको बताइएको छ ।

एसिया प्यासिफिक सम्मेलनका क्रममा भएको भेटवार्तामा भने ट्रम्पले डुटेर्तेले लागु औषध तस्करीबिरुद्ध चालेको अभियानको प्रशंसा गरेका थिए । ट्रम्पअघिको ओबामा प्रशासनले डुटेर्तेको लागु औषध तस्करबिरुद्धको अभियानमा प्रश्न उठाएको थियो ।

सन् २०१६ मा सत्तामा आएका डुटेर्तेले सुरु गरेको उक्त कारबाहीमा ४ हजार मानिस मारिएका छन् । कारबाहीका क्रममा ब्यापक मानव अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ । ट्रम्पको भ्रमणप्रति मनिलामा आइतबार (हिजो) र सोमबार (आज) विरोध प्रदर्शन गरिएको छ ।

११ दिने एसिया भ्रमणमा निस्किएका ट्रम्पले मनिलाबाटै भ्रमणसम्पन्न गर्दै छन् । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework