लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

हैजाबाट दक्षिणी सुडानमा १७२ जनाको मृत्यु

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 2269 पटक हेरिएको

जुवा, वैशाख ८ । दक्षिणी सुडानका १४ ओटा प्रदेशमा हैजाका कारण १७२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय कार्यालयले बिहीबार (आज) जनाएको छ ।

राष्ट्रसंघको मानवीय सहायतासंवन्धी कार्यालयका एक जना अधिकारीले सन् २०१६ को जुन १८ देखि अहिलेको अप्रिल १४ सम्ममा ६ हजार २२२ जना हैजासम्वन्धी विरामी भेटिएको जानकारी दिए ।

सुख्खा मौसमका बेलामा देशभरी यस्ता नयाँ विरामीहरुपनि थप देखिँदै गएको उनले बताए ।

लगातारको द्वन्द्वका कारण विस्थापित हुनुपर्ने, विस्थापित भएका ठाउँमा खाना, पानी र सरसफाई राम्रो नहुने लगायतका कारणले हैजा हुने गरेको राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैवीच, श्रींखलाबद्ध सशस्त्र आक्रमणमापरी दक्षिणी सुडानमा पूर्वी प्रदेश बोमामा अघिल्लो हप्तामात्रै कम्तीमा ५५ जना आम नागरिकको मृत्यु भएको थियो ।

स्थानीय अधिकारीहरुले त्यस अवधिमा थप २० जना घाइते भएको र आठ हजारभन्दा बढी विस्थापित भएको जनाएका छन् ।
दक्षिणी सुडानका नानाम, कोङगोर र लुकोङगोलमा बिहीबारसम्म छापा मारिएको बोमा प्रदेशका सुचनामन्त्री जोहन अचोनले जानकारी दिएका छन् ।

दक्षिणी सुडानका लागि राष्ट्रसंघीय मिसन अनमिसले सुडानमा सरकारी पक्ष र विपक्षीबीच लडाइहरु भइरहेको जनाएको छ । रासस÷सिन्ह्वा

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.